• जीवनशैली | Jiwanshaili
  • बगरफाँटका युवाद्धारा हेल्थ डेस्क सञ्चालन


    म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका युवाको पहलमा कोरोना सङ्क्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्र भवनमा जेठ १ देखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना सङ्क्रमित भै उपचाररत १९ सङ्क्रमितले सेवा पाउनुका साथै सङ्क्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

    उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताउनुभयो । सङ्क्रमणबाट बच्न सचेतना अभियान चलाउनुका साथै अप्ठ्यारो अवस्था महशुस भएमा स्वास्थ्य संस्थासम्म लैजान गाडीको समेत व्यवस्था गरेको छ ।
    बगरफाँट सदरमुकाम बेनीबजारसँग जोडिएको गाउँ भएको र यहाँ बढी आवतजावत हुने भएकाले सङ्क्रमणको खतरा अरु ठाउँमा भन्दा धेरैनै छ । अहिले यहाँ १९ जना कोरोनाबाट सङ्क्रमित छन् । कतिपयले कोराना जितेर सहज अवस्थामा फर्किएका छन् ।

    बगरफाँटमा कोरोना सङ्क्रमित प्हिचान भएपछि हेल्थ डेस्क चलाउन पोखरा, काठमाण्डौँ लगायत विदेशमा रहेका बगरफाँटवासीले स्थानीय युवाहरुलाई हेल्थ डेस्क स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए । देशका विभिन्न शहरमा रहेका ज्यामरुककोटवासी र विदेशमा रहेका बगरफाँटका अग्रज युवाहरुबाट आर्थिक सहयोग प्राप्त भैरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस