धानको बीउ बरामद
नवलपुर – सरकारले अनुमति नै नदिएको धानको बीउ जिल्लाका विभिन्न एग्रोभेटमा बिक्री वितरण भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को संयोजनमा कृषि ज्ञान केन्द्रले गरेको अनुगमनका क्रममा देवचुली नगरपालिकास्थित रजहरमा अवैध धानको बीउ बिक्री वितरण भएको पाइएको हो ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले रजहरको चौधरी एग्रो सेन्टर र मगल भेट फर्माबाट अवैध रुपमा बिक्री भइरहेको ३२० किलो धानको बीउ बरामद गरिएको बताए । चौधरीका अनुसार अनुगमन टोलीले ती पसलबाट बिपिटी ५२०४ जातको धानको बीउ ८० किलो र सुपर सोना काभेरी जातको धानको बीउ २४० किलो बरामद गरेको छ ।
सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई आफूहरुले सचेत बनाएर छोडेर चौधरीले बताए । कृषकले धानको बीउ राख्ने समय भएको र गत वर्ष किसान ठगिएका कारण यस पटक त्यस्तो हुन नदिन र कालोबजारी रोक्न अनुगमन गरिएको बाली संरक्षण अधिकृत चौधरीले जानकारी दिए । जिल्लाका तीनवटा कृषि सहकारीले बीउ परीक्षण गरेर आधिकारिक रुपमा किसानलाई उपलब्ध गराइरहेका भन्दै चौधरीले सोही स्थानबाट खरीद गर्न किसानलाई आग्रह गरे ।
अनुगमनका क्रममा अधिकांश एग्रोभेटले बिक्री गर्ने विषादी र कुखुराका दाना तथा औषधि एकै ठाउँमा राख्ने गरेको, विषादी बिक्री वितरणको अनुमतिपत्र नवीकरण नगरेको, म्याद सकिएका विषादी तथा सामग्री राख्ने छुट्टै ठाउँ नबनाएको भेटिएको चौधरीले बताए । कृषि ज्ञान केन्द्रले तीनवटा टोली बनाएर जिल्लाका एग्रोभेट र भेटेरिनरी पसलमा अनुगमन गरेको थियो । बाली संरक्षण अधिकृत चौधरीले सरकारले प्रतिबन्ध लगाएका धानको बीउ नकिन्न र जिल्लामा बिक्री भएको थाहा पाए आफूहरुलाई जानकारी गराउन आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस