निषेधाज्ञामा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र
पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तीब्र पारिएको छ । दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन् ।
जिल्लाको भाग्य र भविष्यसँग जोडिएको यस राजमार्ग निर्माणका लागि सामाजिक दूरी कायम गरेर सुरक्षित रूपमा काम सञ्चालन गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई आग्रह गरेको छ । लामो समयदेखि बन्द भएको सडक निर्माणको काम धमाधम शुरु हुन थालेपछि जिल्लावासी निकै खुसी देखिएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस लोकमार्गले गति लिएपछि धेरै रोजगारी अवसरहरु सिर्जना भएका छन् ।
मध्यपहाडी राजमार्ग दैलेख हुँदै जान थालेपछि बस्ती नभएका ठाउँमा बजारको विस्तार हुँदै गएको छ । स्थानीय कृषिजन्य वस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ । बाटोको सहज पहुँचले स्थानीय स्तरमा पर्यटन विकाससँगै ओझेलमा परेका पुराना सम्पदाहरु, तालतलैया एवम् स्थानीयस्तरमा बजारीकरणको विकास हुने निश्चित छ ।
दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर बिकले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्ग सञ्चालन भए दैलेखको मुहार परिवर्तन हुने, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धन हुने र व्यापार व्यवसाय बढ्ने बिकले बताउनुभयो । शर्मा हिमाल निर्माण कम्पनीले जिम्मा लिएको लोहोरे–दैलेख १० किलोमिटर सडक विसं २०७९ सम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौता छ । यही जेठ महिनाभित्र सडकको पर्खाल निर्माण, ग्याबिन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने गरी काम तीव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस