• जीवनशैली | Jiwanshaili
  • थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि,८८४८ जना संक्रमणमुक्त


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस