• जीवनशैली | Jiwanshaili
  • संसद विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने माओवादी केन्द्रको निर्णय


    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनको कदमको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै यसको संवैधानिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रपति र प्रधानमन्त्रीको कदमकोे प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपीलसमेत गरेको छ ।

    यस्तै माओवादी केन्द्रले महामारीसँग जुधिरहेका नागरिकलाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर प्रधानमन्त्री र राष्ट्रपति मिलेर पुस ५ गतेको प्रतिगामी कदमलाई फेरि निरन्तरता दिएको आरोप लगाए ।

    प्रतिनिधिसभा विघटनको कदमको विरुद्धमा संघर्षमा उभिन लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीलाई अपील गर्दै उहाँले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण, एवम् उपचार र असरलाई सम्बोधन गर्न गम्भीर हुनुको सट्टा सरकार सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस