• जीवनशैली | Jiwanshaili
  • अक्सिजन सिलिन्डर हराए, धरौटी रकम जम्मा गरेका छैनन्


    काठमाडौं । अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ । संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।

    उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् ।

    उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्याएका कारण अधिकांश उद्योगको सिलिन्डर हराइरहेको उद्योगीहरु बताउँछन् ।
                                      अन्नपूर्ण 

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस