• जीवनशैली | Jiwanshaili
  • कोरोना कारण पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको मृत्यु


    कोरोनाका कारण पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ घर भएका ९१ वर्षीय घिमिरेको उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाने क्रममा राति करिब ९ बजे निधन भएको नागरिक अगुवा रामबाबु दाहालले जानकारी दिए। उनका अनुसार घिमिरेलाई केही दिनअघिबाट श्वास फेर्न गाह्रो हुने समस्या देखिएको थियो।

    पीसीआर परीक्षण गराउँदा शनिबारसाँझ रिपोर्ट पोजेटिभ आएको दाहालले बताए। उनले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएका थिए। त्यसपछि अढाई वर्षको अवधिमा सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा क्याविनेटस्तरको राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस