खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ
लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । भिमदत्त–६ ऐठपुर घर भएका औजीको साथबाट ९ दशमलव ४२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस