• जीवनशैली | Jiwanshaili
  • अस्पतालमा अक्सिजन उप्लब्ध गराउँदै सङ्घसंस्था


    डडेल्धुरा – यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् ।

    अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले पटकपटक गरी करीब ६० भन्दा बढी अक्सिजन सिलिण्डर भरेर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

    अक्सिजनको अभाव भइरहेका समयमा अस्पतालमा रहेका सिलिण्डर भरेर दिँदा उपचारमा सहज भएको निमित्त मेसु जगदीशचन्द्र बिष्टले बताए। जिल्लास्थित विभिन्न समाजिक संस्थामध्ये बोलन्या थली, नेपाल जेसिस, भक्तविवि हेल्पिङ हेन्ड्स एन्ड ह्युमानिटी फाउण्डेशनलगायतका संस्थाले सिलिण्डर सहयोग गरेको जनाइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस