त्रिशूली अस्पताललाई एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग
कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग गरेको छ ।
राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कँडेल र व्यवसायी दिनेश ढकालले वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण शुरु गरेका हुन् । मन्त्री पाण्डेले महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटको ककनीस्थित उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।
महत्वपूर्ण व्यावसायिक व्यक्तित्व ९सिआइपी० को सम्मानप्राप्त कँडेल उक्त उद्योगका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको बताउनुभयो । उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र पाण्डेलाइ जानकारी गराइएको थियो । सिलिण्डर दैनिक १०÷१० का दरले पठाइनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस