कोभिड सहायता केन्द्र स्थापना
डोटी – यहाँको प्रमुख व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा कोभिड सहायता केन्द्रको स्थापना गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण तथा र सङ्क्रमित सहित अन्य नागरिकका समस्या समाधान गर्न सो सहायता केन्द्र सञ्चालनमा ल्याइएको हो ।
यहाँका नागरिक समाज, राजनैतिक दल तथा सञ्चारकर्मीको सहयोगमा उक्त सहायता कक्षका साथ ‘सबै नागरिकलाई बराबरी इज्जत र सम्मान, सबै हितकारी मनहरु जुटौँ, शुरु भयो कर्तव्य पथको अभियान’ शुरुआत गरिएको छ ।
समाजसेवी भक्तराज जोशीले कोरोना रोकथाम र नियन्त्रण सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।कांग्रेस नेता विजय खड्काले मास्क र स्यानिटाइजर वितरण, अलपत्र परेका व्यक्तिको उद्धार, बिरामीलाई अस्पतालसम्म पु¥याउन सहयोग,सङ्क्रमितको मनोबल बढाउन सहयोग जारी रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस