चीनमा मौसम बिग्रँदा दौडिरहेका २१ धावकको मृत्यु
एजेन्सी । चीनमा अकस्मात् मौसम बिग्रँदा दौडमा सहभागि भइरहेका धावकहरुको मृत्यु भएको छ ।
पश्चिमोत्तर चीनको एउटा पहाडी भेगमा अचानक मौसम बिग्रिँदा क्रस–कन्ट्री दौड प्रतियोगितामा सहभागी भइरहेका २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने वर्षा भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै समाचारमा उल्लेख छ ।
सय किलोमिटर दूरीको दौडमा १७२ धावक सहभागी भएकामा केही हराएपछि प्रतियोगिता नै रोक्नु परेको थियो । खोजी तथा उद्धार टोली आइतवार २१ जनाको शव फेला पारेका हुन् । जिवित फेला परेका १५१ मध्ये आठ जनालाई भने चोट लागेको जनाइएको छ । घटना छानबिन गर्न समिति नै बनाइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस