कोरोना भए कुन औषधि कसरी खाने?
प्राचीन कालमा मानिसहरू बिरामी हुँदो आफ्नै प्रकारका उपचार विधिहरू अपनाइन्थ्यो । विश्व इतिहासलाई हेर्ने हो भने अहिलेको कोरोना भने जस्तै विगतमा पनि अन्य थुप्रै महामारीले प्रभाव पारेको देखिन्छ । समयसँगै त्यस्ता महामारीहरू क्रमिक रूपमा हराउँदै र परिवर्तन हुँदै जाने क्रम भने चलिनै रहन्छ । हाल नेपाल कै सन्दर्भमा कोभिड १९ को महामारीले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएका छन् भने सङ्क्रमितका सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमण भई सकेपछि के कस्तो औषधीको सेवन गर्ने, कस्तो खानपान गर्ने, कस्तो व्यवहार अपनाउने जस्ता विषयमा जान्नु अति आवश्यक देखिन्छ । यही विषयमा जीवनशैलीका सम्वाददाता रीता श्रेष्ठले कन्सल्टेन्ट फिजिसियन डा. खेमराज भुसालसँग गरेको कुराकानी प्रस्तुत छ ।
१. कोरोना सङ्क्रमण भएपछि खानुपर्ने मुख्य औषधी के के हुन् ?
कोरोना सङ्क्रमण भइसकेपछि सङ्क्रमितले लक्षण देखिएको आधारमा औषधी खाने हो । सङ्क्रमित हुने बित्तिकै धेरै औषधी खानै पर्छ भन्ने हुँदैन । सङ्क्रमितको अवस्था हेरेर औषधीको प्रयोग गर्ने हो । कोरोना भाइरस शरीरमा प्रवेश गरिसकेपछि देखिने समस्या जस्तै ज्वरो, खोकी, शरीर दुख्ने आदि हुँदा एन्टि एलर्जिक औषधी, पारा सिटामोल, कफ सिरप आदि खान सकिन्छ । तर सकेसम्म औषधी भन्दा पनि घरमा नै हामीले हाम्रो खानपानमा ध्यान दिएर बिरामीको अवस्था अनुरूप पनि औषधीको विकल्प खोज्न सकिन्छ ।
कोरोना सङ्क्रमण भइसकेपछि सङ्क्रमितले लक्षण देखिएको आधारमा औषधी खाने हो । सङ्क्रमित हुने बित्तिकै धेरै औषधी खानै पर्छ भन्ने हुँदैन ।
२. धेरैले भिटामिन डी को सेवन गर्ने मात्रा थाहा नपाएर आवश्यकता भन्दा बढी सेवन गरेको पाइएको छ । यसको मात्रा कति हो र कसरी खाने रु अनि औषधी नखाइ के के बाट पाउन सकिन्छ ?
कोरोना सङ्क्रमितहरूलाई भिटामिन डी अति नै आवश्यक भिटामिन हो । भिटामिन डी डिफिसीयन्सी भएकाहरूलाई कोरोना भाइरसको सङ्क्रमण हुँदा निकै गाह्रो हुने गरेको छ । त्यसैले कोरोना सङ्क्रमित लगायत सबैले आफूमा भिटामिन डी डिफिसीयन्सी भए नभएको जाँच गरी खानु पर्छ । अब भिटामिन डिको मात्राको कुरा गर्नु पर्दा चिकित्सकको सल्लाह विना सेवन गर्न मिल्दैन । कोरोना सङ्क्रमितले हप्तामा एक पटक खाने भिटामिन डी खान सकिन्छ । यसको विकल्प भनेको घाममा बस्ने, अण्डा, कलेजो, जस्ता खानेकुराबाट पनि भिटामिन डी पाउन सकिन्छ ।

३. भिटामिन सी ले कोरोना सङ्क्रमितलाई कसरी काम गर्छ र यसको मात्रा कति हो र के के बाट पाउन सकिन्छ ?
सामान्यता रुघाखोकी लाग्दा र श्वासप्रश्वासको समस्यामा भिटामिन सी ले निकै नै मद्दत गर्ने गर्दछ । अहिलेको अवस्थामा कोरोना सङ्क्रमण भएकाहरूलाई पनि यो भिटामिन सी ले धेरै नै मद्दत गर्छ । फार्मेसीबाट ५०० एमजीको भिटामिन सी क्याप्सुल किनेर दिनमा २ देखि ३ पटकसम्म खान सकिन्छ । तर अर्को महत्त्वपूर्ण कुरा भिटामिन सी हामीले घरमै सजिलै प्राप्त गर्न सक्छौँ । त्यसको लागि औषधी नै खानुपर्छ भन्ने छैन । घरमा नै हामीले कागती लगायत विभिन्न फलफूलको सेवनबाट पनि भिटामिन सी प्रशस्त मात्रामा पाउन सक्छौँ ।
४. जिङ्क के हो र यसले कसरी काम गर्छ र घरकै कुन कुन खाद्य वस्तुबाट जिङ्क पाउन सकिन्छ ?
जिङ्क एउटा माइक्रो न्युट्रियन्ट हो जुन शरीरमा आवश्यक हुने गर्छ । कोरोना सङ्क्रमितहरूलाई देखा पर्ने विभिन्न लक्षणहरू मध्ये पखाला पनि एक हो । पखाला लाग्दा बिरामीको अवस्था झन् धेरै नै बिग्रिन सक्ने भएकाले कोरोना सङ्क्रमितहरूले जिङ्क खानु पर्छ । चिकित्सकको सल्लाहमा बिरामीले जिङ्क सेवन गर्न सक्छन् । घरकै खानेकुराहरू जस्तै गेडागुडी, फलफूल आदीको सेवन बाट पनि जिङ्क प्रशस्त मात्रमा प्राप्त गर्न सकिन्छ ।
छातीमा दुखाइ छ भने कोरोनाको कारण निमोनिया भएपछि यो समस्या आउन सक्छ । तर छाती दुख्नुको कारण पत्ता नलगाई कन कुनै पनि औषधिको प्रयाग नगर्दा राम्रो हुन्छ ।

५. छाती दुखेको खण्डमा बिरामीले तुरुन्त खानुपर्ने औषधी के हो?
छातीमा दुखाइ छ भने कोरोनाको कारण निमोनिया भएपछि यो समस्या आउन सक्छ । तर छाती दुख्नुको कारण पत्ता नलगाई कन कुनै पनि औषधिको प्रयाग नगर्दा राम्रो हुन्छ । कोरोना सङ्क्रमितको सवालमा निश्चित समस्या पत्ता नलगाई औषधी वा पेनकिलरको प्रयोगले बेफाइदा पनि गर्न सक्छ ।
६. खोकी लाग्दा कोरोना सङ्क्रमितले कुन औषधीको प्रयोग गर्न सक्छन् र घरमै पनि केही उपचार गर्न सकिन्छ ?
कोरोना सङ्क्रमितलाई खोकी आएको छ भने कफसिरप खान सकिन्छ । खोकी लाग्दा पनि बिरामाले एन्टि एलर्जिक औषधीहरूको प्रयोग गर्न सक्छन् तर सके सम्म घरेलु उपाय नै अपनाउनु उचित हुन्छ । बाफ लिने, तातो पानी खाने, घोप्टो परेर सुत्ने, कागती पानीको सेवन गर्दा पनि धेरै नै मद्दत पुग्छ ।
७. कोरोना सङ्क्रमण हुँदा धेरैमा टाउको दुख्ने र शरीरमा अत्यधिक दुखाइ हुने गर्दछ, यस्तो बेलामा सङ्क्रमितले पेनकिलरको प्रयोग गर्न मिल्छ कि मिल्दैन रु यसको विकल्प छ कि छैन ?
दुखाइ हुँदा पारा सिटामोलको प्रयोग गर्ने गर्नु पर्छ तर कडा खालका पेनकिलरको प्रयोग गर्नु त्यति ठिक होइन । अब बिरामीको अवस्थालाई पनि विचार गरेर चिकित्सकको सल्लाहमा पेनकिलर पनि न्यून मात्रामा लिन सकिन्छ ।
८. स्टेरोइड खानु भन्ने कुरा के हो ?
बिरामीको अवस्था जटिल हुँदै गएपछि स्टेरोइड खान दिने हो । स्टेरोइडको प्रयोग घरमा गर्नु प्रभावकारी हुँदैन किनकि स्टेरोइडको प्रयोग गरिसकेपछि मोनिटरिङ्ग गर्नु पर्ने हुन्छ जुन घरमा सम्भव नै हुँदैन ।
९. रेमडेसिभिर के हो र यसको प्रयोग कुन अवस्थामा गर्ने ?
रेमडेसिविर इबोला भाइरसको लागि भनेर बनेको एन्टि भाइरस हो । यसको काम भनेको भाइरसहरूको सङ्ख्यालाई वृद्धि हुनबाट रोक्ने हो । तर अहिले जुन यो कोरोना भाइरसको लागि परीक्षणहरू भयो त्यसमा भने खासै प्रभावकारिता देखिएन । रेमडेसिविर कोरोनाको रामवाण भन्ने कुरा चाहिँ गलत हो । तुलनात्मक रूपमा भन्नु पर्दा रामडेसिभिरले भन्दा स्टेरोइडले मृत्युदरलाई घटाएको पाइएको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस