• जीवनशैली | Jiwanshaili
  • सोमबारको मौसमःयी स्थानमा चट्याङ्ग सहित पानी पर्ने


    आज २०७८ जेठ १० गते सोमबार सोमबार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
    प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
    आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    यस्तै सोमबार राती प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस