प्रतिबन्धित धानको बीउको प्रयोग रोक्न अनुगमन
कावासोती – गत वर्ष धानको बीउका कारण बाला नलाग्ने समस्या देखिएपछि जिल्लामा अहिले सतर्कता अपनाइएको छ । धानको बीउ राख्ने समय चलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका एग्रोभेटको अनुगमन गरिएको हो । स्वीकृत धानको बीउ नहुँदा पछि समस्या पर्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका एग्रोभेटको अनुगमन गरिएको हो ।
कावासोती, देवचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा रहेका एग्रोभेट तथा बीउबिजन बिक्री गर्ने संस्थामा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।
अनुगमनका क्रममा जिल्लाको हुप्सेकोट, दुम्किवास, देवचुलीलगायत केही एग्रोभेटले प्रतिबन्धित र स्वीकृत नभएका धानको बीउ बिक्री वितरण गरेको पाइएपछि जफत गरिएको छ ।
यस क्रममा हुप्सेकोटको सुजल एग्रोभेटबाट १३ किलो प्रतिबन्धित गोरखनाथ धान जफत गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिनुभयो । सो एग्रोभेटले दुई बोरा गोरखनाथको बीउ ल्याएर अरू बिक्री गरिसकेको र बाँकी रहेको १३ किलो बीउ जफत गरिएको पौडेलले बताए ।
बिनयी त्रिवेणीको सागर फिड एन्ड पोल्ट्री सप्लायर्स र किसान एग्रोभेटबाट ३८९ किलो प्रतिबन्धित तथा स्वीकृत नभएका बीउ जफत गरिएको छ । यी एग्रोभेटबाट गोरखनाथ ५०९, मोती गोल्ड, गोदावरी गङ्गा, जिके गङ्गोत्री, काँवेरी सोना, काँवेरी केपी १०८ जातकोे धानको बीउ जफत गरिएको उनले बताए ।
देवचुली नगरपालिका रजहरका चौधरी एग्रो सेन्टर र मङ्गल भेट फर्माबाट गरी ३२० किलो सुपर सोना काँवेरी, बिपिपी ५२०४ जातको स्वीकृत नभएको धानको बीउ जफत गरिएको छ । अनुगमनका क्रममा अधिकांश घरेलु कार्यालयमा दर्ता नगरेको, समयमा नवीकरण नगरेको, बीउ र विषादीको स्वीकृति नलीकनै बिक्री वितरण गरेको, मूल्यसूची नराखेको, ढकतराजु नवीकरण नगरेको, प्रतिबन्धित विषादी बिक्री गरेको, अन्तिम प्रयोग मिति नभएको पाइएको सहायक प्रजिअ थापाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस