• जीवनशैली | Jiwanshaili
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो


    एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको छ ।

    भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको जनाएको छ। सन् २०२० को मार्च १० मा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएदेखि महामारीका दोश्रो लहरसम्म आइपुग्दा भारतमा संक्रमण र मृत्युदर बढ्दै गएको छ ।

    हिजामात्र भारतमा ३ हजार ७ सय ४१ जनाको मृत्यु भएको थियो भने २ लाख ४० हजार ८ सय ४२ संक्रमित थपिए । यस्तै करिब एक महिनामा एक लाख संक्तमितको मृत्यु भएको टाइम्स अफ् इण्डियाले जनाएको छ । तीन साता यताको तथ्यांकमा भारतमा दैनिक ३ हजार ७ सयको हाराहारीमा कोरोना संक्रमितको मृत्यु हने गरेको छ ।

    यसैबीच दिल्लीमा लागु गरिएको लकडाउनको समयअवधि एक साता थप गरिएको छ भने राजस्थानमा आगामी जुन ८ सम्म लकडाउन कायमै रहने भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस