कोभिड अस्पताल र आइसोलेसनको पूर्वमन्त्रीद्वारा अनुगमन
जुम्ला – गुठीचौर गाउँपालिकामा ४० शय्याको आइसोलेसन बनाइएको छ । आइसोलेसनमा शय्या निर्माण, आइसोलेसनमा बस्ने सङ्क्रमितको व्यवस्थापन, उपचार र रेखदेखको व्यवस्था मिलाइएको भएपनि अहिलेसम्म सङ्क्रमित आइसोलेसनमा बसेका छैनन् ।
दश शय्या थपेर ५० शय्याको आइसोलेसन बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उनका अनुसार गुठीचौरमा हालसम्म सङ्क्रमितको सङ्ख्या १७ पुगेको भएपनि एक जना सङ्क्रमित पनि आइसोलेसनमा बसेको छैनन् । उनले भने, “सङक्रमित आइसोलेसनमा बस्न मान्दैनन् । सबै होमआइसोलेसनमै बसेका छन् । होमआइसोलेसनबाट सङ्क्रमण फैलने खतरा बढेकाले अब देखिने सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ ।”
यसैबीच जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन सेन्टर र कोभिड अस्पतालको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले यी दुई स्थानीय तहमा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन गरेको हो । अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । उनले स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर सङ्क्रमण फैलन नदिनका लागि सावधानी अपनानुपर्नेमा जोड दिए ।
गुठीचौरमा आइसोलेसन बनेको भएपनि प्रयोग नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । गुठीचौरमा रहेको कोभिड अस्पतालमा अक्सिजनसहितको व्यवस्था गरिएको थियो । गाउँपालिकाले १० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ र २५ सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको पातारासी गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन बनाएको छ । गाउँपालिकामा ५० शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल बनिसकेको छ । हालसम्म गाउँपालिकामा ३६ सङ्क्रमित छन् । कोही पनि आइसोलेसनमा बसेका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस