• जीवनशैली | Jiwanshaili
  • कोरोना सङ्क्रमणबाट पहिलोपटक मृत्यु


    ओखलढुङ्गा -कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

    यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस