• जीवनशैली | Jiwanshaili
  • आगामी चार सातामा संक्रमण दर क्रमश- घट्छ : स्वास्थ्यमन्त्रालय


    काठमाडौं / नेपाल सरकारकाले अबको ४ हप्तापछि कोरोना कम हुँदै जाने आँकलन गरेको छ ।

    अहिले दैनिक ८ हजार ३ सय जनामा संक्रमण देखिँदै आएपछि अबको ४ हप्तापछि घट्दै जाने अनुमान सरकारले गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गरी निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको बताए ।
    मन्त्री त्रिपाठीले हालसम्म ४५ अस्पतालसँग कोरोना उपचारका लागि सम्झौता गरिसकेको जानकारी दिए । साथै सम्झौता भएको ती अस्पतालमा निशुल्क उपचार भइरहेको उनले बताए ।
    मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन्। १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा उपचाररत छन्  ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस