• जीवनशैली | Jiwanshaili
  • यास चक्रवातको प्रभावः यी स्थानमा भारी बर्षा र हिमपात हुने


     

    २०७८ जेठ ११ गते मंगलबार हाल बंगालको खाडीमा यास चक्रवात रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

    हाल प्रदेश नं १ का साथै देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

     

    आज मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू(भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

    यस्तै आज राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस