महाभारत गाउँपालिकामा ‘कोभिड अस्थायी अस्पताल’
बनेपा – महाभारत गाउँपालिकाले गाउँमै उपचारको व्यवस्था मिलाउन ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालन गरेको छ । पहिला कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देख्दासमेत परीक्षण कहाँ गएर गर्ने भन्ने चिन्ताले सताइरहेको बेलामा गाउँमै सुविधासम्पन्न ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा आएपछि मनोबल बढेको स्थानीयवासीले बताएका छन् ।
“कोभिड अस्पताल सञ्चालन पश्चात् आम नागरिकमा खुशीको माहोल सिर्जना भएको छ”, स्थानीयवासी होमेन्द्र रानामगरले भने, “हिजोका दिनमा कहाँ गएर परीक्षण गर्ने, कसरी गर्ने भन्ने चिन्ता थियो । स्वाब सङ्कलन गरे पनि नतिजा आउन तीन/चार दिन लाग्ने गरेको थियो । अहिले भने आधा घण्टामा नै नतिजा थाहा पाउने अवस्था रहेकोले अब अस्पतालबाट हुने उपचारको अभावमा विरामीले मृत्युुवरण गर्न नपर्लाकी भन्ने आशा जागेको छ ।” सामुदायस्तरमा कोरोना फैलिएको हो कि भन्ने डर गाउँलेमा भएकाले उक्त डरलाई चिर्न कोरोना परीक्षण गर्नुपर्छ भन्ने माग गाउँको भएको उनले बताए ।
गाउँलेको अवस्थालाई मध्यनजर गरी काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा निकै कष्टका बाबजुद ‘कोभिड अस्थायी अस्पताल’ सञ्चालनमा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस