अहिले आँपको सिजन छ जान्नुहोस् आँप खानुका फाइदा-बेफाइदा
काठमाडौं । अहिले आँपको सिजन छ ।
योबेला बजारमा पाइने फलफूलमध्येमा आँप धेरैको रोजाईमा पर्ने गर्दछ ्काँचो र पाकेको दुवै आँप खान सकिन्छ । काँचो आँप अचार, तरकारी, सुकुटी बनाएर खाने गरिन्छ । पाकेको आँपलाई जुस बनाएर पनि खाने चलन छ । आँपमा प्रशस्त पौष्टिक पदार्थ पाइने हुँदा सन्तुलन मिलाएर खाएमा स्वास्थ्यलाई फाइदा पनि पुग्छ ।
आँपलाई फलको राजा भनिन्छ । शास्त्रमा यसलाई अमृत फल भनिएको छ । आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ ।आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ ।
यी हुन् आँप खादाको फाइदाहरु
१. क्यान्सरबाट बचाउछ
आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
२.दृष्टिशक्ति बढाउछ
यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
३.फाइबर र भिटामिन सिको भण्डार
आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ
यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
५. पाचन प्रक्रिया राम्रो बनाउछ
मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
६. छालामा चमक ल्याउछ
आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
७. एन्टिअक्सिडेन्टयुक्त
आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
८. प्रजनन क्षमतामा वृद्धि गर्छ
आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
९.खनिजयुक्त
आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
१०. यौन क्षमता बढाउछ
आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
११. ब्ल्याकहेड काला रौं को उपचार
आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ ।
१२. रोगप्रतिरोधी
आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।
१३. एन्टि एजिङ फाइदा
यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।
१४. कपालका लागि पनि लाभदायी
भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।
औषधोपचार
कब्जियत र अधिक वायु भएमा आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १्४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १्२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १्२ दिनमै ठीक हुन्छ ।
यस्तो रोग लागेमा आँप खानु हुँदैैन
१ . एलर्जी
आँप छिटो पाक्न क्याल्सियम कार्वाइडको प्रयोग गरिन्छ । त्यसैले एलर्जी भएका मानिसहरुले आँप खानु हुँदैन जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।
२. मुटुको रोगी
आँपमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।
३. अस्थमा
आँपमा एनाकार्डिक एसिड हुनाले अस्थमा भएका बिरामीहरुले आँप खानु हुँदैन । यसले सास लिन समस्या पैदा गर्छ ।
४. दाँत
आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।
५. मुखको छाला जाने समस्या
आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।
६. डायबिटीज
डायबिटीजको समस्या भएका व्यक्तिहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरिरमा सुगर लेभल बढ्छ ।
७. पेटको समस्या
आँपमा फाइवरको मात्रा धेरै हुनाले शरिरमा गर्मी पैदा गर्छ । त्यसैले पेटको समस्या भएका मानिसहरुले आँप खानु हुँदैन ।
८. मोटोपन
आँपमा सुगर र क्यालोरी धेरै हुनाले मोटो मानिसहरुले पनि आँप खानु हुँदैन । यसका कारण झन् तौल बढ्ने गर्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस