• जीवनशैली | Jiwanshaili
  • फोक्सोबाट कोरोना हट्ने थेरापी पत्ता लागेको अष्ट्रेलियाली वैज्ञानिकको दाबी


    एजेन्सी । कोरोना भाइरसका कारण सारा विश्वनै आक्रान्त भइरहेको बेला अष्ट्रेलियाली वैज्ञानिकहरुले सफलता हासिल गरेका छन् ।

    वैज्ञानिकहरुले फोक्सोबाट कोरोना भाइरसका कण हट्ने थेरापी पत्ता लगाएका छन् । थेरापीले ९९.९९ प्रतिशत काम गर्ने अष्ट्रेलियाली वैज्ञानिकहरुहरुको दाबी छ । अष्ट्रेलियाको ग्रिथिथ युनिवर्सिटीको एक टिमले यस्तो एन्टी भाइरल थेरापीबाट फोक्सोमा भएको कोभिड–१९ को कण ९९.९ प्रतिशत हट्ने पत्ता लागेको हो । यस थेरापीलाई कोरोनासँग लड्ने उपयुक्त रहेको उनीहरुले दाबी गरेका छन् ।

    यो अष्ट्रेलियाको मेजीज हेल्थ इन्स्टिट्युट क्वीसलैंडका अन्तराष्ट्र्रिीय वैज्ञानिकको टिमले पत्ता लागेको एन्टिभाइरल थेरापीले सफलता पाएको हो । यो टेक्नोलोजीले कोभिडका कणहरु पत्ता लगाउन र हटाउन खोज्ने मिसाइलको रुपमा कार्य गर्दछ ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस