नेपालमा फेरि सलह भित्रिने जोखिम बढ्दो
काठमाडौं । नेपालमा फेरि सलह किरा भित्रिने जोखिम बढेको छ ।
भारत र पाकिस्तानमा अफ्रिकी महादेशबाट सलह किरा भित्रिने जोखिम बढेको भन्दै संयुक्त राष्ट्र संघले चेतावनी जारी गरेको छ । राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले भारत र पाकिस्तानमा सलह भित्रिने जोखिम रहेको बताएको हो ।
पाकिस्तान र भारतको मरुभूमि क्षेत्रमा इरान अरेबियाबाट सलह किरा भित्रिने जोखिम रहेको र त्यहाँको खाद्यान्न नष्ट गर्ने सम्भावना बढेको संगठनको भनाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । सलह किराका लागि भारतको मरुभूमि क्षेत्र मानिने राजस्थानको हावापानी उपयुक्त ठाउँ हो । जहाँ यसले अण्डा पार्ने र बच्चा जन्माएर हुर्काउने गर्छ ।
राजस्थानबाट सलहको झुण्ड नेपाल भित्रिने जोखिम बढेको हो । यद्यपि भारत र पाकिस्तानमा अहिलेसम्म सलह पुगिसकेको छैन । गएको वर्ष नेपाल भित्रिएको सलह किराले केही किसानको बालीनालीमा क्षति गरेको थियो ।
तर धेरै क्षति गर्ने अनुमान गरिएपनि त्यस्तो क्षति भने भएको थिएन । नेपाल कृषि अनुसन्धान परिषद नार्कका कीट वैज्ञानिक सुदीप उपाध्याय नेपालमा सलह किरा भित्रिएपनि अण्डा पार्ने र बच्चा जन्माउने उपयुक्त हावापानी नभएकाले धेरै समस्या नहुने बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस