• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बियो, खाद्यान्न र तरकारी पसल पनि बन्द हुने


    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।

    उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलवार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा थप कडाइ गर्दै खाद्यान्नका पसल र तरकारी पसल पनि एक साता पूर्ण ठप्प गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    एक हप्ताका लागि खाद्यान्नको जोहो गरिराख्न उनले सबैलाई आग्रह समेत गरे। त्यसका लागि अझै दुई दिन समय बाँकी रहेको उनको भनाइ छ । खाद्यन्न पसल र तरकारी पसल सबै एक साता बन्द गर्दा संक्रमण रोकिने आकलन गरिएको पराजुलीले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस