• जीवनशैली | Jiwanshaili
  • यास चक्रपातको प्रभाव: भारी वर्षा सहित हिमपात समेत हुने


    आज २०७८ जेठ १२ गते बुधबार हाल देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ।

    हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै गण्डकी, कर्णाली र प्रदेश १ का थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भू भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशका एक वा दुइ स्थानमा मेघगर्जन र  चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

    यस्तै बुधबार राती प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस