बेवास्ता गर्दा टोल–टोलमा संक्रमण
कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण लक्षण नभएका संक्रमित व्यक्तिले भेटघाट र हिँडडुल गर्नु रहेको बताए।
लक्षण नभएका वा अलि–अलि लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा नगरपालिकाका केही टोलमा संक्रमण फैलिएको पाइएको उनले बताए। ‘संक्रमित तर लक्षण नदेखिएका व्यक्ति गाउँघरमा घुमफिर गरेको देखियो’, उनले भने, ‘टोलै संक्रमित हुनुमा यही कारण देखिन्छ।’
भण्डारीका अनुसार संक्रमित व्यक्तिहरू कडा लक्षण नदेखिने अवधि पाँच/छ दिनसम्म सामाजिक दूरी कायम नगरी घुमफिर गर्दा टोलभरि संक्रमण फैलिएको देखिन्छ। गलकोट नगरपालिकाको वडा नम्बर २ का तोरीखोला, मसाहारा र राम्चेमा संक्रमण फैलिएको उनले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस