सगरमाथा क्षेत्रमा भारी हिमपातपछि आरोहण प्रभावित
Nepal Everest Ascent Anniversary
काठमाडौं । सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ।
मंगलबारबाट आएको मौसममा आएको परिवर्तनका कारण भारी हिमपात भएपछि सगरमाथा आरोहण पनि प्रभावित भएको छ। हिमपातका कारण सबै आरोहण दलले आफ्नो यत्रा स्थगित गरेको बताइएको छ । सबै आरोही क्याम्प टुमा फर्किएको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विबसित भएको यास चक्रवातका कारण मौसम परिवर्तन भएर हिमापात भएको जनाएको छ। चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबारदेखि शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने बताइएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस