कोरोना उत्पत्तिबारे छानविन गर्न डब्ल्यूएचओलाई अमेरिकाको आग्रह
एजेन्सी । अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको छ ।
अमेरिकी स्वास्थ्यमन्त्री जेवियर बेसेराले कोरोनाबारे अर्को चरणको छानबिन पारदर्शी सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका हुन् । डब्ल्यूएचओको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले कोरोनाभाइरसको स्रोत मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय विज्ञहरूलाई अनुमति दिइनुपर्ने बताए। ह्वाइट हाउसले पनि डब्ल्यूएचओबाट विज्ञहरूद्वारा राजनीतिकरणबाट मुक्त ढङ्गले महामारीको उत्पत्ति छानविन गर्ने आशा गरेको जनाएको थियो ।
कोभिड–१९ सबैभन्दा पहिला सन् २०१९ मा डिसेम्बेरमा चीनको हुबेई प्रान्तको वुहानमा देखिएको थियो । गत मार्चमा डब्ल्यूएचओले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर जारी गरिएको संयुक्त विवरणमा उक्त भाइरसको उत्पत्ति कुनै प्रयोगशालामा भएको सम्भावना अत्यन्तै थोरै रहेको जनाएको थियो ।
हालै मात्र अमेरिकी जासूसी कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहान प्रयोगशालाका तीन शोधकर्ता विरामी परेको दाबी गरेको थियो । बेइजिङले भने अमेरिकी आरोप खारेज गर्दै कोरोना भाइरस बरू अमेरिकी प्रयोगशालाबाट आएको हुनसक्ने जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस