चीनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप दिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ ।
नेपालकान लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि बीच आज भएको फोन संवादमा सिले नेपाललाई उक्त परिमाणको खोउ उपलव्ध गराउने जानकारी गराएका हुन् ।
यसअघि चीनले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोपको ८ लाख मात्रा अनुदानमा उपलव्ध गराएको थियो ।
बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल मिटिङमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि कोरोना विरुद्धको लडाइँका लागि खोप उपलब्ध गराउन चीनसँग आग्रह गरेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस