• जीवनशैली | Jiwanshaili
  • पूर्वसांसद न्यौपानेको निधन


    जाजरकोट – सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइराई रहेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

    बुधवार राति उनको निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामि भएका थिए । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

    अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिेलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो । छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस