अमेरिकामा गोली प्रहारबाट ८ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एक कामदारले गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । उनले हत्या गरेर आफ्नो पनि ज्यान लिएको प्रहरीले जनाएको छ ।
सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका साम क्यासिडीले गोली चलाएका थिए । उक्त घटनामा गम्भिर घाइते भएका एक स्थानियलाई अस्पतालमा उपचार भइरहेको छ । के कारणले घटना भएको भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन ।
अमेरिकामा नरसंहारका घटना महामारीका रुपमा वृद्धि भइरहेको यो पछिल्लो घटना हो । स्थानियका अनुसार बिहान साढे ७ बजे गोली चलेको थियो । मृतकमध्ये एकजना भारतीय भएको प्रहरीले जनाएको छ ।
उत्त बन्दुकधारीले यातायात सेवामा सन् २०१२ देखि नै काम गर्दै आएको जनाइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस