• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमितको संख्या घट्दै, ६९३९ जना थपिँदा ७२२६ जना संक्रमण मुक्त


    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् ।

    नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।

    कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस