• जीवनशैली | Jiwanshaili
  • यास् चक्रपातको मौसम यस्तो छ


    आज २०७८ जेठ १४ गते शुक्रबार देशमा चक्रवात यास् पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई बनेको  न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशभर सामान्य देखि पूर्ण बदलि रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

    शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमालीर उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

    यस्तै शुक्रबार राती देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरिको सम्भावना रहेको छ। उच्च हिमालीरपहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केहि स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुरपश्चिम प्रदेशका उच्च हिमालीरपहाडी भूभागका १-२ स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशको एक वा दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
    प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी वर्षा, उच्च बेगको हावाहुरि र १र२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस