कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म मनाइने
कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णनन्द जोशीका अनुसार गणतन्त्र दिवसका आवसरमा जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक सङ्घसंस्थाले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाइ गर्ने कार्यक्रम तय गरिएको छ ।
जिल्लाभित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदास्थलको सरसफाइसहित सौन्दर्यीकरण अभिवृद्धि गर्ने कार्य गरिने छ । सरकारी तथा सार्वजनिक निकायका कार्यालय सार्वजनिक महत्वका सम्भाव्यस्थलमा दीप प्रज्ज्वलन तथा जिल्लावासी आमनागरिकले घरघरमा साँझ दीपावली गरिने छ । गणतन्त्र दिवसका सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाले भर्चुअल विद्युतीय माध्यमबाट रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरिएको छ । कार्यक्रम गर्दा जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरिने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस