भारतमा कोरोनाभाइरसको सङ्क्रमणदर घट्दो
भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुदै आएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सङ्क्रमितहरुको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ ।
पछिल्लो एक हप्तामा यसरी सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुले भाइरसबाट सङ्क्रमित भएर अहिले निको हुनेहरुको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने, “देशभरका २४ ओटा राज्यमा पछिल्लो समय सङ्क्रमितहरुको संख्यामा कमी हुदै आएको देखिएको छ ।”
ती मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् ।
देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि ८५।६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ ।
दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुदै गएको सकारात्मक संकेत देखिएको अधिकारीहरुको भनाई छ ।
भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस