• जीवनशैली | Jiwanshaili
  • एसइई र कक्षा १२ को परीक्षाबारे कार्यदलले बुझायो प्रतिवेदन


    काठमाडौं । शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाएको छ।

    कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिए । प्रा.डा. पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा कोरोना महामारीका कारण रोकिएको परीक्षाको विकल्पबारे विभिन्न सुझाव दिइएको छ। यही परीक्षा मोडालिटीको विषयमा शनिबार बोर्ड बैठक बस्ने उनले बताए।

    बोर्डले कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको थियो। सोही दिन कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो ।

    यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोनाका कारण परीक्षा स्थागित गरिएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस