• जीवनशैली | Jiwanshaili
  • अक्सिजन अभावका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ जनाको मृत्यु


    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा ८ जना बिरामीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा एक जना सुत्केरी महिलासमेत छिन् । अक्सिजन अभावा भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा.शरद बरालले बताए ।

    मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । मृत्यु हुनेमा एक जना डायलसिस गराइरहेका एक जना, कलेजोसम्बन्धी रोग भएका एक जना मधुमेहका रोगी भएको बरालले बताए ।

    पोखरा अक्सिजन ग्यास प्रालिबाट आपूर्ति हुँदै आएको थियो । बिहीबार दिउँसो करिब ३० मिनेट विद्युत् आपूर्ति बन्द भएपछि झन्डै ४५ मिनेट उत्पादन बन्द भएको उद्योगले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस