• जीवनशैली | Jiwanshaili
  • दुई सातामा १३८ पिन्ट रगत जमा


    कैलाली – सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ ।

    धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले आयोजना गरेको रक्तदान कार्यक्रमको चौधौँ दिनमा आज १३८ जनाबाट १३८ पिन्ट रगत जम्मा भएको महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए ।

    कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई रगतको अभावमा अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले बताए।

    कोरोनाका कारणले मात्र अप्ठ्यारोमा परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा ब्लड चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायतका अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने हाम्रो अभियान रहेको उहाँको भनाइ छ ।

    एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भातृ संगठन, सर्वसाधारण लगायतले रक्तदान गरेको बताइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस