पर्सामा कोरोना मुक्त भएका तीन जनामा ब्ल्याक फंगस पुष्टी
पर्सा । भारतमा देखिएको ब्ल्याक फंगस नेपालमा पनि पुष्टि भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका तीन जनामा म्युकोमाईकोसिस अर्थात कालो ढुसी ब्ल्याक फंगस पुष्टि भएको हो । वीरगन्ज महानगरमा रहेको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोरोना संक्रमणमुक्त भइसकेका तीन जनाको केओएच परीक्षण गर्दा म्युकोमाईकोसिस अर्थात कालो ढुसीको संक्रमण देखिएको छ ।
तीन जना वीरगन्ज महानगरपालिकाका २५, ४५ र ५० वर्षका रहेको छन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता भिमकान्त पौडेलले ब्ल्याक फंगसको संक्रमण तीन जनामा देखिएको भन्दै उपचार गर्न नारायणी उप–क्षेत्रीय अस्पतालमै नन् कोभिड वार्ड बनाउने तयारी थालिएको बताए । यता फंगसको कल्चर गर्दा २ जनामा म्युकोर्माइकोसिस प्रमाणित भएको र एक जनाको कल्चरको रिर्पोट आउन बाँकी रहेको नारायण उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर निरज सिंहले पनि पुष्टि गरेका छन् ।
कोरोना संक्रमितमा समेत देखिएको ब्ल्याक फंगसले नाक, आँखा र मस्तिस्कमा गम्भीर असर पु¥याउने गरेको चिकित्सकहरुले बताएका छन् । उपचार गर्न पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले तत्काल अन्यत्र रेफर गरिएको डा.सिंहले बताए । ब्ल्याक फंगस देखिएका रोगीहरु भारतसँगै नेपालका सुविधासम्पन्न स्थानमा पुग्ने गरेको उनको भनाइ छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस