नाइजेरियामा डुंगा दुर्घटना हुँदा ५० भन्दा बढीको मृत्यु
एजेन्सी । नाइजेरियाको समुद्रमा डुंगा दुर्घटना हुँदा ५० जना भन्दा धेरै यात्रुको मृत्यु भएको छ । अरु दर्जनौँ मानिस हराइरहेका छन् ।
नाइजेरयाको उत्तरपश्चिम राज्य केब्बीस्थित समुद्रमा क्षमता भन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार उक्त डुंगामा कम्तिमा १५० यात्रु सवार थिए । उनीहरुमध्ये धेरैजसो केब्बी राज्यबाट व्यापारका लागि यात्रा गरिरहेको बुझिएको छ ।
केब्बीस्थित स्थानीय प्रशासन न्गास्कीका प्रमुख अब्दुल्लाही बुहारीका अनुसार यस दुर्घटनामा ५३ जनाको मृत्यु भएको छ । साथै मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी नजिकका अस्पताल लगिएको बुहारीले बताएका छन् ।
केब्बीको विपद् व्यवस्थापन एजेन्सीका निर्देशक अब्बास रबियु काम्बाका अनुसार उनीहरुले घटनास्थलबाट २० जना पुरुष र २२ महिला गरी ४७ जनाको शव निकालेका थिए । तर त्यहाँ अरु केही बालबालिका समेत वेपत्ता भएका छन् । तर त्यसको यकिन विवरण आइसकेको छैन । नाइजर प्रहरीले भने उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस