• जीवनशैली | Jiwanshaili
  • एकैदिन ९ हजार ८४१ जनाले जिते कोरोना,६ हजार ९५१ संक्रमित थपिए


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् ।

    २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

    यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ । त्यस्तै, थप ९६ जनाको मृत्यु भएको छ ।

    योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस