• जीवनशैली | Jiwanshaili
  • मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित पानी  पर्ने


     

    आज २०७८ जेठ १५ गते शनिबार हाल देशमा चक्रवात यास् पश्चिमउत्तरपश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

    हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

    शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै शनिबार राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

    देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु ९जस्तैः हिलोबाटो, हिलेभीरपाखा ,अवरुद्ध यातायात र संचार ,पहिरो, बाढी, जमिन कटान आदि० बाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस