महानगरमा एन्टिजेन परीक्षण
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो ।
शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो ।
परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । त्यसैगरी आज वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । आइतबार वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने छ । सोमबार ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडामा परीक्षण हुनेछ ।
हरेक दिन १० वडा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिनेछ । पाँच दिनभित्रमा सबै वडाका जोखिमपूर्ण ठाउँहरुमा परीक्षण गरिसकिने लक्ष्य कामपाको रहेको छ । कोभिडको लक्षण देखिएका, कन्ट्रयाक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गर्न लागिएको हो ।
कामपाले परीक्षणको प्रारम्भिक योजना बनाएको छ । जसअनुसार ठूला १५ वटा वडामा प्रति वडा २ वटा केन्द्र राखेर परीक्षण गरिनेछ भने १७ वटा साना वडामा हरेक १÷१ वटा केन्द्र राखिनेछन् । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस