शिक्षा क्षेत्रका लागि १ खर्ब ८० अर्ब रुपैयाँको बजेट विनियोजन
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षातर्फ एक खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शैक्षिक नतिजाको आधारमा विद्यालयलाई अनुदान दिइने पनि बजेटमा उल्लेख छ । यस्तै तीन वर्षभित्र सबै कक्षाकोठामा प्रयोगशाला, खानेपानी लगायतका कार्यक्रम बजेटमा समावेश छन् । कक्षा नौ सम्मको पाठ्यक्रम रङ्गीन पानामा छपाइ गरिने भएको छ । कक्षा १२ सम्म निःशुल्क पाठ्यपुस्तक र छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणका लागि चार अर्ब रुपैयाँ विनियोजन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन् । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस