• जीवनशैली | Jiwanshaili
  • आईतबारको मौसम यस्तो छ


    आज २०७८ जेठ १६ गते आईतबार हाल देशमा चक्रवात यास् पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    हाल देशका अधिकांश भू भागमा सामान्य बदली रहेको छ सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ । प्रदेश १ को तराई भू भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भई रहेको छ ।

    आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

    यस्तै आईतबार राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का एकर दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस