कंगोको गोमा क्षेत्रमा पुनः ज्वालामुखी विस्फोट
एजेन्सी / पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । यहाँ भएका स्थानीय वासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायतार्कीहरुले बढाएको बताइएको छ ।
यसअघि गत मे २२ का दिनमा कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । ज्वालामुखी विस्फोटमा परेका सयौँ जना अझै हराइरहेको बताइएको छ । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको थियो । भाग्ने क्रममा ती व्यक्ति बेपत्ता भएका थिए ।
हराएका मध्ये ४० जना बयस्क छन् भने अरु केही बृद्धबृद्धाहरु पनि रहेका थिए । करिब १७० जना बालबालिका हराएका छन् भने अरु केही बालबालिका आफ्नो घरबाट अन्यत्र या अर्को गाउँमा पुगेका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस