भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु
एजेन्सी / भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरु मारिएका हुन् । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको शनिबारका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको छ भने अरु केही अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको पनि सो समाचारमा जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।
सो रक्सी सेवनबाट विरामी भएका उनीहरु शुक्रबार साँझ ज्यान गएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै विरामी परेका र साँझदेखि मर्न थालेका बताइएका छन् ।
यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस