कोरोनाबाट श्रीमानको मृत्यु , कुरुवा बसेकी श्रीमतीले गरिन् आत्महत्या
डडेल्धुरामा कोरोनाबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । अस्पतालमा कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी हुन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह—७ का सुरेश कठायतको कोभिड—१९ संक्रमणबाट मृत्यु भएपछि उनकी श्रीमतीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले अस्पतालमा उपचारको क्रममा कठायतको मृत्यु भएको केही घण्टापछि उनकी श्रीमती सरिताले आत्महत्या गरेको जानकारी दिए।
कठायतलाई कोभिड संक्रमण पुष्टि भएपछि बाजुराबाट थप उपचारका लागि जेठ २ गते डडेल्धुरा ल्याइएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस