उपत्यकामा जेठ २० पछि निषेधाज्ञा भने खुकुलो पारिने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ ।
पछिल्लो पटक जेठ १४ गतेदेखि लागू हुने गरी थपिएको निषेधाज्ञा निकै कडा पारिएको छ । कोरोना संक्रमण दर क्रमशः घट्दै गएको हुँदा सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
खाद्यान्न बाहेक अन्य कुन–कुन क्षेत्र खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सम्भवतः १९ गतेभित्रै काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको उपस्थितिमा बैठक बसेर निष्कर्ष निकाल्ने बताइएको छ ।
परिस्थिति अनुकुल हुँदैै गए सबै क्षेत्रलाई बिस्तारै खुकुलो बनाउँदै लाने पनि बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस